USAID

एमालेसँग एक्लै भिड्ने सामर्थ्य कसैले राख्दैनः सचिव अर्याल

पोखरा । नेकपा एमालेकी सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज पदमा अर्यालले एमालेले आगामी आम निर्वाचनमा पाँच दलीय गठबन्धनको डटेर सामना गर्ने बताएकी छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटी तथा प्रचार तथा प्रकाशन विभागले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा सचिव अर्यालले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सबै दलको गठबन्धनको दृढताका साथ सामना गर्ने बताइन् ।

अहिलेको गठबन्धन समग्र विकास तथा मुलक बनाउनको निम्ति नभई एमालेलाई हराउने उद्देश्यसहित बनेको र पाँचदलीय गठबन्धनले इतिहासको असफल र नालायक सरकार चलाएकोे उनको भनाईं थियो ।

‘एमाले जनतामा आधारित पार्टी हो । एमाले कमजोर भए कोही कसैले गठबन्धन गर्नपर्ने थिएन,’ उनले भनिन्, ‘एमालेसंग एक्लै भिड्ने सामर्थ्य कसैले राख्दैन । गठबन्धन गर्दा पनि यिनको मुटु कापेको छ ।’

सचिव अर्यालले भनिन्, ‘पार्टी आगामी निर्वाचनमा एक्लै भिड्ने र एकल सरकार बनाउने योजनाका साथ अगाडि बढ्छ । एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गरिने छ ।’

CivActsAd

Leave a Reply

Your email address will not be published.