USAID

फोहोरको विषयमा कसले कसलाई कारबाही गर्ने?

काठमाडौं। काठमाडौं महानगरपालिकाले असारको अन्त्यतिरै सार्वजनिक सूचना जारी गरी साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना गर्ने सूचना जारी ग-यो।

फोहोर व्यवस्थापनमा सघाउन र जरिवानाबाट बच्न पनि महानगरवासीले फोहोरको वर्गीकरण पनि गरे। तर साउन लागेदेखि नै फोहोर उठ्न सकेको छैन। फोहोर नउठाउँदा कसले कसलाई जरिवाना गर्ने कि नगर्ने भन्ने प्रश्न भने अनुत्तरित छ ।

अहिले महानगरमा फोहोर नथुपारिएको चोक र सडक विरलै पाइन्छ। फोहोर उठ्न नसकेपछि सिङ्गै उपत्यका कुरूप देखिनुका साथै सडक, चोक र गल्लीमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ। यसअघि नै बन्चरेडाँडावासीले भदौ १ गतेदेखि फोहोर व्यवस्थापन गर्न नदिने घोषणा गरिसकेको हुनाले आउँदा दिनमा फोहोर व्यवस्थापनको समस्या झन् जटिल बन्दै जाने निश्चित देखिएको छ।

महानगरवासी कहिलेसम्म यस्तो नियतिको सिकार भइरहने भन्ने जिज्ञासामा काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख सरिता राईले सिसडोल र बन्चरेडाँडामा उत्पन्न समस्याको सम्बोधन, ल्यान्डफिल साइटसम्म पुग्ने सडक निर्माण तथा फोहोर बोक्ने सवारीसाधन व्यवस्था नभएसम्म फोहोरको समस्या समाधान हुन नसक्ने बताए।

कहिले पासाङ ल्हामु राजमार्गअन्तर्गतको मुड्खुभञ्ज्याङदेखि तिनपिपलेसम्मका बासिन्दाको अवरोध त कहिले सिसडोलवासी र ककनीवासीको आन्दोलन, कहिले फोहोर बोक्ने गाडी अभाव त कहिले वर्षाका कारण बाटो हिलाम्मे हुँदा काठमाडौँ उपत्यकामा फोहोर थुप्रिनु र वातावरण दुर्गन्धित बन्नु नियतिजस्तै बनिसकेको छ।

पटक–पटकको अवरोध र आन्दोलनका कारण फोहोर थुप्रिन पुगेकोमा बन्चरेडाँडाका स्थानीयसँगको सहमतिपछि साउनदेखि जोडतोडसाथ नियमित रूपमा फोहोर व्यस्थापनको काम सुरु भएको प्रमुख राईले दाबी गरे। तर बाटो बनाउने भन्दै सहरी विकास मन्त्रालयबाट भएको निर्देशनपछि साउन ४ गतेदेखि एक हप्तासम्म फोहोर उठ्न नसक्दा घर, चोक र सडकपेटीमा फोहोर थुप्रिन पुगेको उनले स्वीकार गरे।

बाटो बनाउने नाममा एक हप्ता फोहोर व्यवस्थापनको काम रोकिए पनि अहिले सडक अझै निर्माण हुने सकेको छैन। जसकारण सडक हिलाम्मे भएका कारण सहज रूपमा फोहोरको गाडी आउन जान नसक्दा थुप्रिएको फोहोर उठ्न नसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.