निर्वाचन आन्तरिक तयारीमा जुटे दल

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तय भएसँगै प्रमुख राजनीतिक दल आन्तरिक तयारीमा जुटेका छन् ।

विभिन्न पार्टीका शीर्ष नेताका साथै उम्मेदवार हुन खोज्ने नेता निर्वाचन केन्द्रित गतिविधिमा जुट्न थालेका छन् । निर्वाचन आयोगको सिफारिसमा सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्ने निर्णय गरिसकेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले), सत्तारूढ दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मतपरिणाम आफ्नो पक्षमा पार्न आन्तरिक तयारीमा जुटेका छन् ।

प्रमुख राजनीतिक दलका साथै जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाली जनता दल, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, स्वतन्त्र पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावनालगायतका साना दलसमेत निर्वाचनकेन्द्रित गतिविधि थालेका छन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *