इमान्दार प्रयासलाई अघि बढायौं भने निर्वाचनमा बहुमत प्राप्त गर्न सक्छौंः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमत आफूतिर पार्ने गरी निर्वाचनमा होमिन पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अबको मुख्य केन्द्र संघ र प्रदेश सभाको निर्वाचन रहेको भन्दै यसलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका हुन् ।

उनले एमालेले राष्ट्रिय आकांक्षा प्राप्त गर्ने गन्तव्य बनाएर अघि बढ्नुपर्ने बताए । उनले भने,’अबको मुख्य केन्द्र निर्वाचन हो । यो निर्वाचन एउटा मौका हो । यो हाम्रा निम्ति  चुनौतीपूर्ण छ । त्यसैले आफ्नो पक्षमा जनमत पार्ने गरी चुनावमा होमिनुस्।’

उनले एमालेलाई दुई तिहाई बहुमत आवश्यक रहेको बताए । उनले भने,’इमान्दार प्रयासलाई अघि बढायौं भने बहुमत प्राप्त गर्न सक्छौं । हामीले केन्द्र र प्रदेश सरकारमा बहुमत प्राप्त गर्नुपर्छ । मुख्य कुरा केन्द्रमा आप्ठेरो नपर्ने गरि बहुमतको सरकार गठन गर्न आवश्यक छ ।’

देशलाई जिताउन एमालेले जित्नैपर्ने भन्दै उनले देशलाई हार्न दिन नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *