कपुरकोटका उपाध्यक्षको दादागिरी, चुनाव खर्च उठाउन सिमेन्ट उद्योगका गाडी संचालनमा रोक

काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले चुनाव खर्च उठाउन आतंक मच्चाएका छन् । स्थानीय तह निर्वाचनमा माओवादीबाट उपाध्यक्ष निर्वाचित भएका भण्डारीले सल्यानको कपुरकोट निगालपानी भएर रोल्पाको चुनढुंगा उत्खनन् क्षेत्र जाने रोक लगाएका छन् ।

घोराही सिमेन्ट , सम्राट सिमेन्ट र रोल्पा सिमेन्टका गाडी सडकमा दुई महिनादेखि संचालनमा रोक लगाइएको उद्योगीहरूले गुनासो गरेका छन् । चन्दा नदिएपछि उपाध्यक्ष भण्डारीले एकराज वली र सन्तोष बुढाथोकी प्रयोग गरेर  सडकमा कम्पनीका गाडी संचालनमा रोक लगाएका हुन् ।

खासमा कपुरकोट जान रोल्पा सिमेन्टले आफ्नै लगानीमा सडक निर्माण गरेको थियो । निर्वाचन अघिसम्म सडकमा गाडी संचालनमा कुनै रोकतोक थिएन । तर निर्वाचनपछि उपाध्यक्ष भण्डारीले गुण्डा प्रयोग गरी करिब बीस लाख चुनावी खर्च नदिएसम्म गाडी संचालन गर्न नदिने बताउदै आएका छन् ।

सडक  गाउँपालिकाको समग्र विकासमा सहयोगी भएको भन्दै रोक लगाउन नहुने पक्षमा स्थानीय वासिन्दा रहेका छन् । तर उपाध्यक्ष भण्डारीले भने चन्दा नदिएसम्म गाडी चल्न नदिने बताउँदै आएका छन् । उनले तीन कम्पनीका गाडी संचालन गर्न नदिने बताएपछि उद्योगीले दुई महिनादेखि टिपर संचालन गर्न पाएका छैनन् ।

आफैंले निर्माण गरेको सडकमा गाडी संचालन गर्न नपाएपछि दैनिक लाखौंको नोक्सानी बेहोनुपरेको उद्योगीहरूको गुनासो छ । खासमा सिमेन्ट उद्योगले चुनढुंगा ओसारपसार गर्न आफ्नै लगानीमा सडक निर्माण गरेको हो । भण्डारीले अरुसँग कुरा गर्दा सडक राम्रो नभएकाले रोकेको बताउने गरेका छन् ।

केन्द्रमा गठबन्धनको सरकार भएकै कारण भण्डारीले दादागिरी गरेको पाइएको छ । अहिले मुलुकमै उत्पादित सिमेन्ट उद्योगले विदेश निर्यात गर्न समेत सुरु गरेका छन् । यसरी विदेशी मुद्रा भित्राउन लागिपर्ने उद्योगीलाई गुण्डा शैलीमा हतोत्साही गर्नेमाथि कारबाही गर्नुपर्ने होइन र ? कि गठबन्धनमा भएका पार्टीले जे गर्दा पनि हुने हो ?

2 thoughts on “कपुरकोटका उपाध्यक्षको दादागिरी, चुनाव खर्च उठाउन सिमेन्ट उद्योगका गाडी संचालनमा रोक

  1. समाचार समाचारको लागि मात्र नबनोस्, यो कुनै दलगत विषय होइन न न त यो बाटो ति सिमेन्ट उद्योग हरुले खोलेका हुन् , होला आफ्नो स्वार्थका लागि बाटोको स्तरउन्नती गरे होलान् तर यो बाटो बाट को कति लाभान्वित हुनुपर्ने हो र को कति भए यो पनि सोचनीय विषय हो, यो क्षेत्रमा ठुलो मात्रामा रहेका सर्बसाधारण हरुले यो बाटोको कारण के कति सास्ती बेहोर्नु परेको छ त्यतातिर कसैले ध्यान दिनुपर्छ कि पर्दैन? सायद पहिले जनहितमा कुनै आवाज थिएन त्यो अहिले छ र तपाई भन्दै हुनुहुन्छ कि यो दादागिरी हो कुन आधारमा हो यो दादागिरी? जन प्रतिनिधि ले जनहितमा बोल्दा कसरी दादागिरी हुन्छ ए मानब रुपि दानव हो ? आफैले बनाएको बाटोमा आफै हिड्न पाएन रे हैन कसले भन्छ यो बाटो सिमेन्ट उद्योग ले बनाएको ? निजी स्वार्थ पूरा गर्न केहि समय अगाडी केहि स्तरउन्नती मात्र हो ।

    सबै उसैले बनाएको जस्तो लेखियो,
    के यो समाचार निस्पक्ष देखियो ?

  2. पहिले त्यो रोड्को अवस्था देखेर समाचार लेखेको होकि त्यतिकै कसैले घुस दियर लेखेको समाचार हो यो रोडमा साना गाडि,बाइक,जस्ता सवारी चल्न सक्ने अवस्था थिएन अहिले उक्त रोड गाउँपालिका अनि सिमेन्ट कम्पनी दुबै मिलेर मर्मत हुदै छ यस्तो हावा सन्देश समाजमा फैलाउन मिल्दैन। अहिले रोड सुधारमा छ अब छिटै टिप्पर सन्चालन हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *