केकी र आँचल अभिनित फिल्म ‘झिंगेदाउ’को गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फ्लिम ‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीत बुधबार ओएसआर डिजिटलको युटुब च्यानालबाट सार्वजनिक गरिएको हो

गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको लिरिकल भिडियोमा कलाकारहरु केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट र हिउँवाला गौतमलाई देख्न सकिन्छ । यसअघि सार्वजनिक भएको फ्लिमको गीत ‘आगो बिना बिँडी जल्दैन’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

फ्लिममा पहिलोपटक केकी अधिकारी र आँचल शर्मा जेठानी देउरानीको भूमिकामा रहेका छन ।

कपनगढी फिल्म र फिल्म क्र्यू नेपालको ब्यानरमा निर्माण भएको फिल्म भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित छ । आगामी भदौ १७ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुने तयारीमा रहेको चलचित्रमा आँचल र केकीसँगै मुकुन भुषाल र कुशल विष्टको मुख्य अभिनय रहेको छ ।

कुशलले यहि फ्लिमबाट चलचित्रमा डेब्यु गर्दैछन् । यस्तै चलचित्रमा विजय देउजा, हिउँकला गौतम, आयान खड्का, संगम भण्डारी तथा अभय राज बरालको अभिनय रहेको छ । प्रतिक देउवा र  समिक्षा देउजाको लगानीमा बनेको फिलमलाई मदन कश्यो घिमिरेले खिचेका छन् ।

प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको फिल्ममा विष्णु घिमिरेको छायाङ्कन र मित्र डि गुरुङको सम्पादन छ । यस्तै चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *