घट्यो सुनचाँदीको भाउ

काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९४ हजार ४ रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा आईपुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सयले नै घटेर तोलाको ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १५० रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ७६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार ३३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९८६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *