जसपामा नेता तानातान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेका बेला कतै नखुलेका नेताहरू दुवै पक्षको तानातानमा परेका छन्। दुवै पक्षको केन्द्रीय समितिको अलगअलग बैठक बसिरहेको छ। संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई पक्षधर नेताहरूले काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाई छलफल गरिरहेका छन्।

कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक बुधबारदेखि वीरगन्जमा सुरु भएको छ। दुवै पक्षले आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य सहभागी भएको दाबी गरेको छ। तर केही नेता दुवै पक्षको बैठकमा सहभागी भएका छैनन्। राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरीलगायत नेताहरू दुवै पक्षको बैठकमा सहभागी भएका छैनन्।

यसअघि यी तीन नेता डा। भट्टराई पक्षसँग नजिक मानिएका थिए। तटस्थ बसेका नेताहरूलाई दुवै पक्षले आफूनिकट बनाउन प्रयास गरिरहेको छ। आफ्नो पक्षको प्रभाव बलियो देखाउन तटस्थ बसेका नेताहरूलाई दुवै पक्षले तानातान गरिरहेका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *