प्रतिनिधि सभाका उपसभामुख चयन गर्न अहिले बिहान ११ देखि अपराह्न १ बजेसम्म मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख चयनको लागी सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज उम्मेदवारको नामावली प्रकाशन हुँदैछ ।

अहिले बिहान ११ देखि अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ । शुक्रबार अपराह्न ३ बजेको बैठकमा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ ।

सत्ता गठबन्धनले कांग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने भएको छ । भुसाल आज उम्मेदवार मनोनयन गर्ने तयारीमा छिन् । एमालेले उपसभामुखमा उम्मेदवारी दिने नदिनेबारे टुंगो लगाइ सकेको छैन् ।

यसअघि पनि कांग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने । उनी तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । पद रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो ।

२०७६ माघ ६ गते तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *