स्कटल्याण्डमाथि नेपालको जीत

काठमाडौं । नेपालले स्कटल्याण्डमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पहिलो जीत निकालेको छ । बुधबार बेलुकी भएको खेलमा घरेलु टोली स्कटल्याण्डलाई ५ विकेटले पराजित गर्दै नेपालले लिगमा आठौँ जीत निकालेको हो ।

जीतको लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४६ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको लागि ओपनर असिफ शेखले अर्धसतक पुरा गरे । उनले ६२ बलमा १० चौका र १ छक्काको सहयोगमा ७१ रन बनाए । यस्तै रोहित पौडेलले ३१ बलमा ५ चौकाको सहयोगमा अवजित रहँदै ३४ रन बनाउँदा कुशल भुर्तेलले २७ रन बनाए । उनले २८ बलमा ४ चौका प्रहार गरे ।

स्कटल्याण्डको लागि ग्लाभिन मेनले ६ ओभरमा ३६ रन दिँदै ३ विकेट लिँदा एड्रिन निल र रिची बेरिन्टोनले एक/एक विकेट लिए ।

यसअघि टिटवुडमा भएको खेलमा  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड ४२.५ ओभरमा अलआउट हुँदै १ सय ४४ रनमा समेटिएको थियो । एक समय ९५-९ को स्थितिमा रहेको स्कटल्याण्डलाई गाभिन मेनले अर्धसतकीय इनिंग खेल्दै घरेलु टोलीलाई सम्मानजनक योगफलमा पुर्याएका हुन् । मनले ५९ बलमा ७ चौका र १ छक्काको सहयोगमा ६४ रन प्रहार गरे । मार्क वाट्ले १७, सफ्यान शरिफले १६ र क्यालुम म्याक्लेडले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

स्कटल्याण्डलाई सस्तैमा समेट्न अदिल अलामले १० ओभरमा १ एदन राख्दै ३१ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ४० रनको क्षतिमा ३ विकेट लिँदा सन्दीप लामिछानेले २ र कारण केसी र दीपेन्द्र सिंह एरीले एक/एक विकेट लिए ।

जीतसँगै नेपाल १८ खेलबाट १७ अंक जोड्दै नेपाल पाँचौ स्थानमा उक्लिएको छ । पराजित स्कटल्याण्ड २२ खेलबाट ३० अंकको साथ दोस्रो स्थानमा यथावत छ । अब शनिबार हुने खेलमा नेपालले नामिबियाको सामना गर्नेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *