एक लाख २५ हजार राशिको भानुभक्त पुरस्कार नेपालीलाई प्रदान

काठमाडौं । यस वर्षको आदिकवि भानुभक्त पुरस्कार इतिहासकार चित्तरञ्जन नेपालीलाई प्रदान गरिएको छ । नेपाल शिक्षा परिषद्ले २०९ औँ भानुजयन्तीका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको आदिकवि भानुभक्त पुरस्कारबाट यस वर्ष इतिहासकार नेपालीलाई प्रदान गरिएको हो ।

एक लाख २५ हजार नगद राशि र प्रमाणपत्र रहेको उक्त पुरस्कार बुधबार साहित्यकार एवं शिक्षाविद मुकुन्द शर्मा चालिसेले नेपालीलाई प्रदान गरे । भानु पुरस्कारबाट सम्मानित नेपाली विसं २०१३ सालको मदन पुरस्कार विजेतासमेत हुन् ।

बयानब्बे वर्षीय नेपालीले ‘तत्कालीन नेपाल र भीमसेन थापा’ कृतिमा मदन पुरस्कार पाएका थिए । पुरस्कार हस्तान्तरण गर्दै शिक्षाविद चालिसेले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा भानुभक्त आचार्यको महत्वपूर्ण भूमिका रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *