माल्दिभ्स भागेका श्रीलङ्काका पूर्व राष्ट्रपति राजापाक्ष सिङ्गापुर जाने

श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष माल्दिभ्सबाट सिङ्गापुर जाने भएका छन् । बुधबार सबेरै बिहान श्रीलङ्काको राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले पुगेका राजापाक्ष मालेमा एक दिन पनि पुरा नबसी बुधबार राति सिङ्गापुर जाने भएका हुन् ।

आफ्नै देश भित्र असुरक्षा भएको भन्दै देश छाडेर भाग्न चाहेका राजापाक्षलाई भाग्नका लागि श्रीलङ्काको सेनाले नै सहयोग गरेको छ । सेनाकै सहयोगमा सेनाको जहाजमा उनी बिहान सबेरै कोलम्बोबाट माले पुगेका हुन् ।

यसअघि उनकै अर्का भाइ तथा पूर्व अर्थमन्त्रीलाई भने भाग्न खोज्दा सेनाले अवरोध गरेर फर्काएको बताइएको छ । तत्कालीन राष्ट्रपति राजापाक्षलाई भने रक्षा मन्त्रालयको आदेश र स्विकृतीमा माल्दीभ्स लगिदिएको श्रीलङ्काको सेनाले जनाएको छ । सेनाले आफू खुशी लगेको नभई बहालवाला उच्च निकायका अधिकारीको आदेशमा काम गरेको स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *