स्कटल्याण्डद्वारा नेपाललाई सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा घरेलु टोली स्कटल्याण्डले नेपाललाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टिटवुडमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई जीतको लागि १ सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड ४२.५ ओभरमा अलआउट हुँदै १ सय ४४ रनमा समेटियो । एक समय ९५-९ को स्थितिमा रहेको स्कटल्याण्डलाई गाभिन मेनले अर्धसतकीय इनिंस खेल्दै घरेलु टोलीलाई सम्मानजनक योगफलमा पुर्याएका हुन् । मेनले ५९ बलमा ७ चौका र १ छक्काको सहयोगमा ६४ रन प्रहार गरे । मार्क वाट्ले १७, सफ्यान शरिफले १६ र क्यालुम म्याक्लेडले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

स्कटल्याण्डलाई सस्तैमा समेट्न अदिल अलामले १० ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ४० रनको क्षतिमा ३ विकेट लिँदा सन्दीप लामिछानेले २ र कारण केसी र दीपेन्द्र सिंह एरीले एक/एक विकेट लिए । दोस्रो इनिंस केहीबेरमा शुरु हुनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *