३६ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले ३६ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा देवेन्द्रबहादुर पाल परेका छन् ।

त्यस्तै सीताराम रिजाल, भिमकिरण बोगटी, सुमरकिरण तिम्सिना, सरोज पौडेल, विष्णुहरि कोइराला, भाग्येन्द्र पुरुष ढकाल, नरहरि रेग्मी, रञ्जितसिंह राठौर, नत्रमणि गिरी, अवधेश विष्ट क्षेत्री पनि बढुवा सिफारिसमा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *