दलहरुमाथि घृणाभाव फैलाउने प्रयास भइरहेको छ, त्यो गलत होः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलहरुको आवश्यकता, औचित्य र अपरिहार्यता झनै बढेर गएको बताएका छन् । मानव अधिकार एलाईन्सले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले दलहरुमाथि घृणाभाव फैलाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि गरे ।

उनले स्थानीय तह निर्वाचनमा उठेका स्वतन्त्र उम्मेदवारप्रति लक्षित गर्दै जान्ने हुनका लागि, ठूलो हुनका लागि पनि राजनीतिक दलहरु र नेताहरुलाई गाली गर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाए । उनले दलीय प्रणालीको औचित्य, आवश्यकता र अपरिहार्यता आज झन् बढेर गएको र भोलि पनि कायमै रहने बताए ।

उनले भने, ‘प्रजातन्त्रमा राजनीतिक दलहरुको मुख्य भूमिका हुन्छ । कहिले कोही कोही स्वतन्त्र फाट्टफुट्ट पालिका वडाहरु छानिनु बेग्लै कुरा हो । तर दलीय प्रणाली, दलहरुको औचित्य, आवश्यकता र अपरिहार्यता आजको विश्वले स्वीकारेको विषय हो । र, दलहरुको योगदान आज एउटा ट्रेन्ड चलेको छ–अलिकति चलाउन खोजिएको छ संगठित ढंगले नेपालमा । दलहरुको योगदान, इतिहासमा उनीहरुले जुन ढंगले भूमिका खेले । सामाजिक जागरणका लागि जुन भूमिका खेले । अगाडि बढाए समाजलाई । त्यसपछि सम्मान नगर्ने, घृणा भाव फैलाउने । त्यो प्रवृत्ति अहिले बढाइएको छ । अहिले सबभन्दा जान्ने हुनका लागि, निष्पक्ष हुनका लागि, ठूलो हुनका लागि, अरुभन्दा पृथक हुनका लागि राजनीतिक दल र नेतालाई गाली गर्नुपर्छ । अनि त्यो व्यक्ति चाहिँ अलिकति निष्पक्ष, तटस्थ भन्ने ठानिने खालको स्थितिको एउटा यस्तो दिन खोजिएको छ । त्यो कुरा साँचो होइन । त्यो सही होइन ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *