५९ अङ्कले बढ्यो शेयर बजार

काठमाडौं । मंगलबार साढे ११ अङ्कले बढेको शेयर बजार बुधबार ५९ अङ्कभन्दा धेरैले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव ५४ अङ्कले बढेर १ हजार ९ सय ८६ दशमलव ८२ बिन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । २ सय २५ वटा कम्पनीका ५७ लाख ८७ हजार कित्ता शेयर २ अर्ब ४ करोड ४४ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको ९ करोड रुपैयाँको शेयर किनबेच भयो । नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको शेयर १० प्रतिशतले तथा सीईडीबी हाइड्रो विकास कम्पनी, कर्पोरेट विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, ग्रिन लाइफ हाइड्रो र लक्ष्मी लघुवित्तको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *