बाजुरामा बैंकका सुरक्षागार्डको बन्दुक खोस्न खोजेपछि…(भिडियोसहित)

बाजुरा । बाजुरामा एक बैंकका सुरक्षा गार्डको बन्दुक खोस्ने प्रयास गरिएको छ। बाजुराको कोल्टीस्थित राष्ट्रिय वाणिज्य बैंकका गार्डको बन्दुक खोस्ने प्रयास गरिएको हो ।

बुधबार राष्ट्रिय वाणिज्य बैंकको कोल्टी शाखामा आएका एक व्यक्तिले बन्दुक खोस्ने प्रयास गरेका हुन् । तर उनको प्रयास सफल भएन । त्यहाँ रहेका अन्य सेवाग्राहीहरुले बन्दुक खोस्ने व्यक्तिलाई रोकेका थिए। ती व्यक्ति मानसिक रुपमा अस्वस्थ रहेकाले त्यस्तो क्रियाकलाप गरेको बताइएको छ।

भिडियोः प्रकाश सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *