श्रीलंकामा प्रधानमन्त्री विक्रमसिङ्घ कार्यवाहक राष्ट्रपति नियुक्त

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्‌का सभामुखले बताएका छन्। संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबय राजपक्षले उनलाई नियुक्त गरेको जानकारी आफूलाई गराएको ती अधिकारीले बताएका छन्।

यसबारे राजपक्ष आफैँले कुनै सार्वजनिक घोषणा गरेका छैनन्। केही दिनदेखि सबै घोषणाहरू संसद्‌का सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *