अर्थतन्त्र तहसनहस भएको बेला हतियार किन्नु राष्ट्रघातः सांसद सिलवाल

काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले अहिले नेपाल प्रहरीलाई हतियार किन्नु राष्ट्रघात भएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सुरुमै सभामुखसँग समय लिएर बोल्दै उनले अर्थतन्त्र तहसनहस भएको बेला हतियार किन्नु राष्ट्रघात भएको बताएका हुन् ।

उनले भने,’अर्थमन्त्रीले राजीनामा दिएर जाँदै गर्दा ८४ करोड रुपैयाँ बराबरको रकमान्तर गरेर नेपाल प्रहरीलाई हतियार किन्नका लागि रकमान्तर गरेर जानुभएको भन्ने खबर बाहिर आएको छ। यो राष्ट्रघात हो।’ उनले रकमान्तर गरेर हतियार खरिद गर्ने र लाभ कमाउने योजना ल्याइएको भन्दै एमाले विरोध गर्ने बताए ।

उनले अहिले नेपाल प्रहरीलाई यो ढंगको हतियार आवश्यक छैन । उनले भने,‘यहाँ विचौलिया र राजनीतिक शक्तिमा रहेका मान्छेहरुलाई पैसा चाहिने गर्छ, त्यतिबेला हतियार काण्ड घट्ने गर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *