नेपाल आज नामिबियासँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिज खेल्न स्कटल्याण्ड भ्रमणमा रहेको नेपालले आज हुने आफ्नो पहिलो खेलमा नामिबियाको सामना गर्दैछ । काम्बुस्डोन न्यू मैदानमा हुने खेल दिउँसो ३:१५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । स्कटल्याण्ड आउनुअघि नेपालले क्यान्डामा घरेलु टोलीसँग एकदिवसीय खेल खेलेको थियो । पहिलो खेल वर्षाले स्थगित हुँदा दोस्रो खेलमा नेपाल लज्जास्पद ब्याटिङ गर्दै पराजित भएको थियो । त्यसैले नेपाल आजको खेलमा गल्ती सुधार्दै जीत निकाल्न चाहन्छ ।

यसअघि नेपालले विश्वकप लिग-२ अन्तर्गतकै अमेरिकामा त्रिकोणात्मक सिरिज खेलको थियो । उक्त सिरिजमा सोचेअनुरुप प्रदर्शन गर्न नसकेको नेपाल १ खेल जित्दा १ खेलमा अङ्क बाढेको थियो भने दुई खेलमा पराजित भएको थियो । आफ्नो एकदिवसीय मान्यता कायम राख्नपनि नेपाललाई यस सिरिज महत्त्वपूर्ण रहेको छ । यस सिरिजमा नेपाल कम्तिमा दुई खेल जित्ने लक्ष्यमा रहेको छ । हाल नेपाल १६ खेलबाट १५ अंक जोड्दै लिगको पाँचौ स्थानमा रहेको छ ।

यता आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डसँग ७७ रनले पराजित भएको नामिबिया आजको खेलमा जीत निकाल्दै सिरिजमा पुनरागमन गर्न चाहन्छ । हाल नामिबिया १५ खेलबाट १४ अंक जोड्दै लिगको छैटौं स्थानमा रहेको छ । पछिल्लो ५ खेलमा नामिबियाले मात्र एक खेलमा जीत निकाल्न सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *