काठमाडौं, असार २६ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली चार दिने नेपाल भ्रमणमा आज काठमाडौं आइपुगेको छ । लिउ नेतृत्वको आठ सदस्यीय टोली बत्तीसपुतली स्थित होटल द्वारिकामा बसेको छ ।
भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्नेछन् ।