एजेन्सी । इङ्ल्यान्डविरुद्धको दोस्रो टि-२० आईमा भारतले पहिले ब्याटिङ गर्ने भएको छ । बिर्मिङ्हाममा केहि समयमा शुरु हुने खेलम घरेलु टोली इङ्ल्यान्डले टस जीतेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
पहिलो टि-२० आई जित्दै भारतले सिरिजमा १-० को अग्रता लिइसकेको छ । भारतले आजको खेलमा चार परिवर्तन गरेको छ । आजको खेलमा विराट कोहली, रविन्द्र जडेजा, जस्प्रित बुम्रा र ऋषव पन्त टोलीमा फर्किएका छन् । यस्तै इङ्ल्यान्डले टोलीमा दुई परिवर्तन गर्दा डेविड विलि र रिचार्ड ग्लेसन टोलीमा अटाएका छ्न् ।
भारतको प्लेइङ ११:- रोहित शर्मा(कप्तान), विराट कोहली, सुर्यकुमार यादव, ऋषव पन्त(विकेटकिपर), हार्दिक पाण्ड्य, दिनेश कार्तिक, रविन्द्र जडेजा, हर्सल पटेल, भुव्नेश्वर कुमार, जस्प्रित बुम्रा, युज्वेन्द्र चहाल
इङ्ल्यान्डको प्लेइङ ११:- जेसन रोए, जोस बट्लर(कप्तान,विकेटकिपर), डेविड मलान, मोइन अली, लिएम लिभिङ्स्टोन, ह्यारी ब्रोक, साम कुरान, क्रि जोर्डन, डेविड विलि, रिचार्ड ग्लेसन, म्याट पार्किन्सन