युरोकपमा स्पेनको विजयी शुरुवात

एजेन्सी । युईएफए महिला युरोकप-२०२२ मा स्पेनले विजयी शुरुवात गरेको छ । शुक्रबार राति भएको समुहचरणको पहिलो खेलमा फिनल्याण्डलाई ४-१ गोलले पराजित गर्दै स्पेनले युरोकपमा सुखद शुरुवात गरेको हो ।

स्टेडियम एमकेमा भएको खेलमा स्पेनलाई जीत दिलाउन इरेने पारेडेस, ऐटाना बोन्माटी, लुसिया गार्सिया र मारिओना काल्डेन्टेले एक/एक गोल गरिन् । फिनल्याण्डको लागि लिन्डा साल्स्ट्रोमले एक गोल गरिन् । खेलको पहिलो मिनेटमा अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा फिनल्याण्ड पराजित हुन बाध्य बन्यो ।

खेलको पहिलो मिनेटमा लिन्डाले गोल गर्दै फिनल्याण्डलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । २६ औं मिनेटमा पारेडेस र ४१ औं मिनेटमा बोन्माटीले गोल गर्दै स्पेनलाई २-१ गोलको अग्रता दिलाए । ७५ औं मिनेटमा लियोनको क्रसमा गार्सियाले हेडर गर्दै स्पेनको लागि तेस्रो गोल गरिन् । यस्तै अतिरिक्त समयको पाँचौ मिनेटमा काल्डेन्टेले पेनाल्टीमा गोल गर्दै स्पेनलाई ४-१ गोलको सहज जीत दिलाइन् ।

जीतसँगै स्पेन एक खेलबाट ३ अंक जोड्दै समुह ‘बी’को दोस्रो स्थानमा रहेको छ । पराजित फिनल्याण्ड तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *