उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न सिफारिस

काठमाडौं । न्याय परिषदले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न सिफारिस गरेको छ। उच्च अदालत बुटवल इजलासकी न्यायाधीश रहेकी साहलाई परिषद्को शुक्रबारको बैठकले बर्खास्त गर्न सिफारिस गरेको हो ।

न्युनतम योग्यताबिना नै साह न्यायाधीशमा नियुक्त भएको खुलासा भएको थियो। परिषद्ले छानबिन गर्दा नियुक्तिको समयमा गलत योग्यता पेश गरेको पुष्टि भएको बताइएको छ।

न्याय परिषदले जिल्लादेखि उच्च अदालतको मुख्य न्यायाधीश नियुक्ति सरुवा, बढुवा र बर्खास्तसम्मको सिफारिस गर्नसक्छ । परिषदको सिफारिस प्रधानन्यायाधीशले कार्यान्वयन गरेपछि लागू हुन्छ । उनी पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *