युक्रेन र रुसबीच वार्ताको वातावरण बनाउनुपर्नेमा चिनियाँ र भारतीय विदेशमन्त्री सहमत

चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुव्रमण्यम् जयशंकरबीच इन्डोनेसियाको पर्यटकीय सहर बालीमा भेटवार्ता भएको छ । उनीहरु जि २० को सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुगेका हुन् ।

त्यस क्रममा उनीहरुका बीचमा बालीमा भेटावार्ता भएको हो । भेटका क्रममा विशेषगरी हालैका दिनमा युक्रेनमा विकसित भएको परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ ।

भेटका क्रममा चिनियाँ विदेशमन्त्री यीले अहिलेको अवस्थामा युक्रेनमा युद्ध गर्ने र शीतयुद्धको जस्तो अवस्था निम्त्याउने भन्दा पनि यहाँ दुवै तर्फबाट वार्ताको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएको बताइएको छ ।

रुसले युक्रेनमाथि हमला जारी राखेको छ । गत महिनादेखिको यो युद्धका कारण रुस र युक्रेन दुवैलाई राम्रो नगरेको भन्दै यी दुई देशले आक्रमणलाई नभएर वार्ताको प्रक्रिया थाल्नुपर्नेमा चिनियाँ विदेशमन्त्रीले जोड दिएका थिए ।

भेटका क्रममा चिनियाँ विदेशमन्त्री यीले युक्रेन र रुसको पछिल्लो तनावको अवस्थालाई कम गरी आपसी सहयोग र समन्वयबाट विश्व समुदायले नै यी दुई देशलाई वार्ताका लागि तयार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *