३४ अंकले घट्यो नेप्से

काठमाडौं । सेयर कारोबारको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । शुक्रबार नेप्से ३४.७० अंकले घटेर १९९२.६२ विन्दुमा बन्द भएको छ । सेयर कारोबारको अघिल्लो दिन बिहीबार नेप्से परिसूचक १६.६० अंकले घटेको थियो। सो दिन १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६५ रुपैयाँको सेयर कारोबार भएको थियो ।

सेन्सेटिभ इन्डेक्स ५.६० अंकले घटेर ३७९.८९ विन्दुमा झरेको छ । यसदिन २१६ कम्पनीको ३० लाख ६३ हजार ४५३ कित्ता सेयर १ अर्ब १६ करोड ८४ लाख ४२ हजार ४४४ रुपैयाँमा खरिदबिक्री भयो । कारोबारमा आएका १३ वटै समूहको सूचक ओरालो लागेको छ।

शुक्रबार होटल्स एन्ड टुरिजम समूहको सर्वाधिक ३.६२ र ट्रेडिङको ३.२२ प्रतिशतले घट्यो। फाइनान्सको २.९९, डेभलपमेन्ट बैंकको २.७२,हाइड्रो पावरको २.५, मनु एन्ड प्रोको २.३६ र इन्भेस्टमेन्टको २.१४ सूचक ओरालो लागेको हो ।

यसैगरी, बैंकिङको १.११, ननलाइफ इन्स्योरेन्सको १.०९, अदर्शको १.८७, माइक्रो फाइनान्सको १.४८, लाइफ इन्स्योरेन्सको १.९१ र म्युचुअल फन्डको १.०७ प्रतिशतले सेयर मूल्य घट्यो । आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन । कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो। यो कम्पनीको साढे ५ करोडभन्दा बढीको सेयर कारोबार भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *