बागमती प्रदेश सभाको बैठक असार २९ गते बस्ने

काठमाडौं । बागमती प्रदेश सभाको दशौँ अधिवेशनको बैठक यही असार २९ गते बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।

बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका अध्यादेश र विभिन्न समितिमा भिन्दाभिन्दै विधेयक दफावार छलफल भई प्रतिवेदनसहित उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको रहेको छ । बागमती प्रदेशसभाको बैठक यसअघि असार १६ गते बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *