जापानका पूर्वप्रधानमन्त्री आबेको सघन उपचार कक्षमा उपचार हुँदै, गोली हान्ने व्यक्ति पक्राउ

काठमाडौं। जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ४१ वर्षीय यामागाती तेत्सुया रहेका छन् ।

आबेमाथि आज विहान देशको पश्चिमी हिस्सा नारास्थित एक सडकमा भाषण गरिरहेका बेला गोली प्रहार गरिएको थियो । हमलाकर्तालाई नाराको निशी प्रहरी स्टेशनमा लगिएको छ ।

अस्पतालमा उपचार भईरहेका आबेको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जापानी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रहरीले गोली हान्ने व्यक्तिको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *