अभिनेता राज बब्बरलाई दुई वर्षको जेल सजाय

मुम्बई, २४ असार । लखनउको एमपी–एमएलए अदालतले अभिनेता तथा कांग्रेस नेता राज बब्बरलाई दुई वर्षको जेल सजाय सुनाएको छ । २६ वर्षअघिको एक घटनालाई आधार मान्दै उनलाई अदालतले ८५ सय रुपैयाँ जरिवाना पनि तिर्न भनेको छ ।

यद्यपि अदालतले उनलाई यो मामलामा अन्तरिम जमानत पनि दिएको छ । अब उनले ३० दिन भित्र उच्च अदालतमा जानुपर्नेछ । बब्बरले फैसलाविरुद्ध उच्च अदालतमा जाने बताएका छन् ।

 बब्बरले सन् १९९६ मा लखनउको वजीरगञ्जमा निर्वाचन अधिकारीलाई  कुटपिट गरेका थिए । त्यो चुनावमा राज बब्बर प्रत्यासी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *