जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। रोयटर्सले स्थानीय मिडियालाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री अबेको छातिमा गोली प्रहार भएको उल्लेख गरेको छ।

रोयटर्सले उल्लेख गरेअनुसार आबे पश्चिमी जापानको नारा सहरमा भाषण दिने क्रममा दुईपटक केही पड्केको आवाज सुनिएको थियो । लगत्तै आबै ढलेका थिए । उनको शरीरबाट रगत बगिरहेको थियो ।

स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको थियो। गोली प्रहारमा संलग्न रहेका एक जनालाई पक्राउ गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *