भक्तपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर । भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गएराति स्कुटर चालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नम्बरको स्कुटर चालकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका–८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *