माओवादी पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारी टुङ्ग्याउने जिम्मा स्थायी समितिलाई दिएको छ । बिहीबार सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले एक साताभित्र पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई दिएको हो । बैठक आइतबारदेखि सुरु भएको थियो ।

बैठकले १२५ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समिति गठन गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठकले नयाँ केन्द्रीय समिति सदस्यको शपथ ग्रहण, नयाँ संरचनात्मक आधारमा केन्द्रीय सदस्यको कार्यविभाजन गरेको छ । बैठकले स्थानीय निर्वाचनको समीक्षा तथा आगामी निर्वाचनसम्बन्धी कार्ययोजना निर्माण गरेको उनले जानकारी दिए ।

बैठकले पार्टीलाई नयाँ उचाइमा एकताबद्ध गर्दै समाजवादको आधार तयार गर्ने साधनका रूपमा विकास गर्ने सङ्कल्पसमेत गरेको उनको भनाइ छ । बैठकले वाम क्रान्तिकारी पार्टीबीचमा एकता र ध्रुवीकरणमा जोड दिँदै वाम लोकतान्त्रिक गठबन्धनमा आधारित रहेर आगामी निर्वाचन सम्पन्न गर्ने नीति लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *