लेवान्डोस्कीको पर्खाइमा बार्सिलोना

एजेन्सी । क्लब फूटबलमा हाल ट्रान्सफर बजार चलिरहेको छ । बजारमा खेलाडी किनबेच मज्जाले भइरहेको छ । सधैँझै केहि ठुला नामले यसपटकपनि बजार खाइरहेका छन् । जस्तै; क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की, पाउलो डिबालासँगै अन्य थुप्रै खेलाडीको भविष्य निर्धारण हुन अझै केहिसमय कुर्नुपर्नेछ ।

गत सिजन युरोपको शिर्ष ५ लिगमै सर्वाधिक धेरै गोल गरेका लेवान्डोस्कीले यसपटक भने जर्मन क्लब बायर्न म्युनिख छोड्ने मनसय बनाइसकेका छन् । तर क्लब भने आफ्नो मुख्य स्ट्राइकरलाई राख्न कसरत गरिरहेको छ । लेवान्डोस्कीको मुख्य लक्ष्य क्याटलान क्लब बार्सिलोनाबाट खेल्ने रहेको छ । यस्तै बार्सिलोनाको नजरपनि पोलिस स्ट्राइकरमा रहेको छ ।

त्यसैले बार्सिलोनाले लेवान्डोस्कीलाई किन्न बायर्नसँग पहल गरेपनि हालसम्म जर्मन क्लबले कुनै उत्तर नदिएको क्याटलान क्लबका अध्क्षय जोन लापोर्टाले बताएका छन् । बिहीबार प्रेससँग बोल्दै लापोर्टाले लेवान्डोस्कीको लागि बायर्नको रिपाई कुरेको जानकारी गराएका थिए ।

अर्को महिना ३४ वर्ष पुग्ने लेवान्डोस्कीले गत सिजन ५० गोल गरेका थिए । लेवान्डोस्कीले यसअघिनै आफु बार्सिलोनासँग जोडिन चाहेको स्पस्ट पारेका थिए । तरपनि लेवान्डोस्को किन्ने र बेच्ने काम सुस्तो देखिएको छ । बार्सिलोनाले यसअघिनै एन्ड्रेस क्रिस्टेन्सन र फ्रान्क केसेलाई फ्री-ट्रान्सफरमा अनुबन्ध गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *