रोनाल्डोलाई भित्र्याउन चेल्सी गम्भीर

एजेन्सी । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउन चेल्सी गम्भीर देखिएको छ । गत वर्ष म्यानचेस्टर युनाइटेड फर्किएका रोनाल्डोले एक वर्ष नहुँदै क्लब छोड्न इच्छा जनाएपछि उनको नाम थुप्रै क्लबसँग जोडिएको छ । तरपनि पनि रोनाल्डोलाई अनुबन्ध गर्न लण्डन क्लब चेल्सी गम्भीर देखिएको छ ।

केहि दिन अगाडि अन्य क्लबबाट राम्रो अफर आएको खण्डमा आफुले युनाइटेड छोड्न चाहेको रोनाल्डोले क्लबलाई जानकारी गराएका थिए । त्यसपछि उनको नाम रियल म्याड्रिड, बायर्न म्युनिख, पेरिस सेन्ट जर्मन(पीएसजी), एथ्लेटिको म्याड्रिड, स्पोर्टिंङ लिस्बोनसँगै चेल्सीसँग जोडिएको थियो । तर अन्य क्लब भन्दा रोनाल्डोको विषयमा चेल्सी गम्भीर रहेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।

चेल्सीका नयाँ मालिक टोड बोहलीलेपनि आफ्नो पहिलो साइनको रुपमा ठुलो नामलाई अनुबन्ध गर्न चाहन्छन् । रोनाल्डोसँगै चेल्सीले युभेन्ट्सबाट डी लाइट, लिड्सबाट राफिन्हा र म्यानचेस्टर सिटीबाट रहिम स्टेर्लिङलाई भित्र्याउन प्रयास गरिरहेको छ । तर चेल्सीको आक्रमण लाइन समाल्न चेल्सीलाई रोनाल्डो जस्तो खेलाडीको आवश्यक रहेको छ ।

यता युनाइटेडले यसअघि रोनाल्डो क्लबमा रहने बताएपनि पछिल्लो समय भने उनलाई बेच्ने मनसाय बनाएको छ । तर युनाइटेड आफ्नो स्टार खेलाडीलाई आफ्नो निकट प्रतिद्वन्द्वीलाई बेच्न भने चाहन्न । यता पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले क्लब छोडेको खण्डमा बायर्न म्युनिखलेपनि रोनाल्डोलाई भित्र्याउन प्रयास गर्नेछ । युनाइटेड १५ मिलियन पाउण्ड पाएको खण्डमा रोनाल्डोलाई बेच्न बेच्न तयार देखिएको छ ।

रोनाल्डो लगातार तीन दिन देखि युनाइटेडको प्रशिक्षणमा अनुपस्थित छन् । युनाइटेड यस सिजन च्याम्पियन्स लिग खेल्न नपाउने भएको हुनालेपनि रोनाल्डोले क्लब छोड्ने निर्णय गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *