निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासलेसरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सरकारले असार ६ गते अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अधिकारीलाई नियुक्तिपत्रमा उल्लेखित पदमा पूर्ववत काम गर्न दिनसमेत भनेको छ । सरकारले आफूलाई पदावधि नसकिँदै हटाएको भन्दै अधिकारी सर्वोच्च पुगेका थिए ।

मन्त्रिपरिषद्ले अधिकारीलाई हटाउँदै उक्त जिम्मेवारी दिपु ज्वारचनलाई दिएको थियो । सरकारले अधिकारीलाई सुरुमा चार वर्षका लागि नियुक्ति दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *