थप ७८ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३५१५ जनाको नमूना परीक्षण गरिएको थियो ।

सो अवधिमा २३ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको सख्या ५०८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *