माओवादीद्वारा १२५ सदस्यीय पोलिटब्युरो गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरो सदस्यहरुको नाम घोषणा गरेका हुन् ।

प्रचण्डले घोषणा गरेको पोलिटब्युरोमा ओम शर्मा, बसन्त घर्ती, राजन दाहाल, विमला सुवेदी, निर्मल बराल, कृष्ण केसी, श्याम श्रेष्ठ, खिमलाल देवकोटालगायत रहेका छन्। पोलिटब्युरोलाई हलले ताली बजाएर पारित गरेको छ। सोही क्रममा केही नेताले भने नाममा असन्तुष्टि जनाएका छन् । यसअघि, बैठकमा उठेका प्रश्नको प्रचण्डले जवाफ दिएका थिए। साथै, प्रचण्डले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पास भएको छ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्यहरु
पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृकाप्रसाद यादव, जयपुरी घर्ती, लीलामणि पोखरेल, दिनानाथ शर्मा, हितराज पाण्डे रहेका छन्।

त्यस्तै विश्वनाथ साह, डिलाराम आचार्य, उर्मिला अर्याल, श्रीराम ढकाल, सुरेन्द्रकुमार कार्की, नारायण दाहाल, सन्तु दराई, गणेशमान पुन, हितमान शाक्य, कालीबहादुर मल्ल, कमला रोका, झक्कुप्रसाद सुवेदी, सुरेशकुमार राई, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, गंगा कार्की, महेश्वरजंग गहतराज, कृष्णध्वज खड्का, भरतप्रसाद शाह, जोखबहादुर महरा पोलिटव्युरो सदस्य चयन भएका छन्।

त्यस्तै राजकुमार यादव, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, सूर्य सुवेदी, सावित्रीकुमार काफ्ले, दिलीप प्रजापति, लक्ष्मण पन्त, हरिबहादुर चुमान, लेखनाथ न्यौपाने, रामेश्वर राय, देवेन्द्र पौडेल, गणेश शाह, सुनील मानन्धर, देवेन्द्र पराजुली, सीता पोख्रेल, अजम्बर काम्वाङ, ओनसरी घर्ती, महेन्द्र पासवान, वामदेव क्षेत्री, बलावती शर्मा, प्रकाशहरि पोखरेल, दीपेन्द्र पुन, सत्या पहाडी, सन्तुकुमार चौधरी, नेपबहादुर चौधरी, दुर्गाजयन्ती राई, रेनु दाहाल, देवराज रेग्मी, केशव नेपाल, बीना मगर, शिवराज चौलागाई, युवराज दुलाल छन्।

यस्तै रामप्रसाद सापकोटा, अजयशंकर नायक, सुशिला सिम्खडा, कुमारी मोक्तान, राजकुमार शर्मा, धर्मशीला चापागाई, चूडामणि खड्का, हरि दाहाल, ओम शर्मा, लोकेन्द्र लम्साल, रामदीप आचार्य, वसन्त घर्ती, राजन दाहाल, टीका बुढाथोकी, शालिकराम जमकट्टेल, विमला सुवेदी, गोपाल शर्मा, निर्मल बराल, कृष्ण केसी, हिमाल शर्मा, रेनु चन्द, श्याम श्रेष्ठ, खिमलाल देवकोटा, त्रिलोचन भट्ट, महेन्द्रबहादुर शाही लगायत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *