एसपीपी सम्झौता रद्दबारे तत्काल पत्राचार गर्न गुरुङको माग

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ( एसपीपी) सम्झौता रद्दबारे परराष्ट्र मन्त्रालयबाट हालसम्म पत्रचार नभएको भन्दै आपत्ति जनाएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा गुरुङले एसपीपी अस्वीकारबारे मन्त्रालयले अबिलम्ब पत्रचार गर्न माग गरेका हुन् ।

उनले नेपाल आइपीएसको सदस्य २०१९ देखि बनिसकेको भन्ने कुरा संचारमाध्यमबाट सार्वजनिक भइसकेको र त्यसको नेपाल सदस्य बन्न नसक्नेबारे पत्राचार  गर्न माग गरे । यस्तै, सचेतक गुरुङले एमसीसी पास गर्ने सम्बन्धमा १२ बुँदै घोषणापत्र जारी भएको र त्यो अमेरिकाले अहिलेसम्म स्वीकार नगरेको बताए ।

अमेरिकाले एमसीसी स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा पनि सरकारले पत्रचार गर्नुपर्ने उनले बताए । उनले भने, ‘एसपीपी सम्झौता कार्यान्वयन नगर्ने निर्णयबारे अविलम्ब पत्राचार गरियोस्। आइपीएसको सदस्य बनेको हो होइन, नबन्नको लागि पत्राचार गरियोस् । १२ बुँदे स्वीकार्य नभएको अवस्थामा एमसीसी कार्यान्वयनमा जान हुँदैन रोकियोस् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *