नागरिकता विधेयक फिर्ता ल्याएर पास गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेका राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराइले नागरिकता विधेयक फिर्ता गरेकोप्रति आपत्ति जनाउँदै फिर्ता ल्याएर पास गर्न माग गरेका छन् । राष्ट्रियसभाको बिहीबारको विशेष समयमा उनले विधेयक बनाउनका लागि दुई वर्षसम्म करोडौँको लगानी गरेर नागरिकता विधेयक फिर्ता गर्नु आपत्तिजनक भएको बताए ।

“नागरिकता विधेयक समितिबाट पास भएर राष्ट्रियसभामा पनि आउँछ भन्ने लागेको थियो”, उनले भने, “दुई वर्षसम्म करोडौँ लगानी गरेर विधेयक फिर्ता गरियो, त्यो फिर्ता ल्याउन माग गर्छु ।”

उनले  मधेशमा जन्मसिद्ध नागरिकता पाउनका लागि ठूलो समस्या भएको र धेरै युवा नागरिकताबाट वञ्चित भएको उल्लेख गर्दै भने, “यस विषयमा म गृहमन्त्रीबाट यो जवाफ चाहान्छु, त्यो फिर्ता ल्याएर पास गरी त्यसलाई अघि बढाउन माग गर्दछु ।”

उनले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेरमा अनाधिकृत व्यक्ति प्रवेश गरेको विषयलाई लिएर अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनु सकरात्मक भएको र छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरे ।

“नीतिलाई आत्मसाथ गर्नुपर्छ, राजनीतिक मूल्य मान्यता र परम्परालाई अगाडि बढाउन जरुरी छ, गलत व्यवहारमा प्रश्न उठेपछि आफैले नैतिकताका आधारमा बुझनुपर्ने हो”, उनले भने, “त्यसका लागि आन्दोलन गर्नुपर्ने ठीक होइन, सही संस्कृतिलाई स्थापित गर्नुपर्ने ठाउँमा हामी छौँ ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *