बेलायत र अमेरिकाका सुरक्षा प्रमुखहरूले दिए चीनबाट खतरा रहेको चेतावनी

चीनबाट हुन सक्ने खतराबारे चेतावनी दिन बेलायत र अमेरिकी सुरक्षा निकायका प्रमुखहरूले पहिलो पटक संयुक्त उपस्थिति जनाएका छन् ।
अमेरिकाको गुप्तचर निकाय एफबीआईका निर्देशक क्रिस्टोफर रेले चीन हाम्रो आर्थिक र राष्ट्रिय सुरक्षाको लागि सबैभन्दा ठूलो दीर्घकालीन खतरा भएको र हालै भएको चुनाव सहित अन्य राजनीतिक गतिविधिमा हस्तक्षेप गरेको बताए ।

एमआई फाइभ प्रमुख केन म्याकलमले आफूहरूले पछिल्लो तीन वर्षमा चिनियाँ गतिविधि विरुद्ध पहल दुई गुणा बढी बनाएको र यो क्रम अझै जारी राख्ने दाबी गरे । बेलायतको सुरक्षा सम्बन्धी निकाय एमआई फाइभले सन् २०१८ को तुलनामा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्धित गतिविधिमाथि अनुसन्धान सात गुना बढी तीव्र बनाएको उनले बताएका हुन्।

एफबीआईका रेले चीनले ताइवानलाई जबरजस्ती नियन्त्रणमा लिए उसले विश्वले देखेको सबैभन्दा डरलाग्दो व्यापारिक प्रतिबन्धहरूमध्ये एक भोग्ने चेतावनी दिए। दुई निर्देशकहरूले लन्डन टेम्स हाउसस्थित एमआई फाइभको मुख्यालयबाट पहिलो पटक संयुक्त सार्वजनिक उपस्थिति जनाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *