एकै दिन जसपाको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । एउटै मितिमा जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षले केन्द्रीय समितिको बैठक बोलाएको छ।

कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले यही असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाएका छन् भने बाबुराम भट्टराइ पक्षले असार २८ र २९ गते काठमाडौंमा बैठक बोलाएका छन्।

यादवले बोलाएको बैठकमा संघीय परिषद्का अध्यक्ष भट्टराईलाई समेत निम्ता नगरिएको भट्टराई पक्षीय नेताहरूको भनाइ छ।

कार्यकारिणी अध्यक्ष यादवले यसअघि बोलाइएको बैठकको मिति सारेर असार २९ र ३० गते बैठक बोलाएका हुन्। जसपाको नेताहरू अब स्पष्ट रूपमा दुई कित्तामा बाँडिने भएका छन्। भट्टराई पक्षीय नेताहरू काठमाडौंमा तथा यादव पक्षीय नेताहरू वीरगन्जमा सहभागी हुने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *