गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एकजनाको मृत्यु

हेटौंडा । पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एकजनाको चट्याङ लागेर मृत्यु गएको छ । बुधबार बागमती गाउँपालिका–४ को पाँचपाण्डव भन्ने ठाउँमा गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मोटरसाइकलमा सवार बागमती–१ करौँजेका २२ वर्षीय दिव्यप्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती पालिकाको केन्द्र झुरझुरेबाट डिजेल लिएर करौँजेतर्फ जाँदै गरेको पाँचपाण्डव पुल नजिकै चट्याङ लाग्दा बा ६० प ९४९१ नं को मोटरसाइकलको पछाडि बसेका राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय फाँपरबारीका प्रहरी निरीक्षक कमल लङ्देलीले जानकारी दिए । उनका अनुसार मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *