फेरि बढ्यो हवाई भाडा

काठमाडौं । वायुसेवा कम्पनीले हवाई भाडा पुनः वृद्धि गरेका छन् । वायुसेवा सञ्चालक संघले दिएको जानकारीअनुसार अब काठमाडौंबाट सबैभन्दा लामो रुटमा चल्ने आन्तरिक जहाजको भाडा १७ हजार २५ रुपैयाँ कायम गरिएको छ । यो भाडा धनगढीका लागि तय भएको हो ।

काठमाडौंबाट माउन्टेन फ्लाइटका लागि १४ हजार ८९० तय भएको छ भने काठमाडौंदेखि भद्रपुरका लागि १२ हजार ९५५ तय गरिएको छ । त्यसैगरी काठमाडौंदेखि विराटनगरसम्म पुग्नका लागि अब १० हजार २०५ रुपैयाँ लाग्नेछ । त्यस्तैगरी भरतपुरका लागि चार हजार ९९०, जनकपुरका लागि पाँचहजार ८६० रुपैयाँ लाग्नेछ ।

पोखराका लागि ६ हजार ९८५, भैरहवाका लागि ८ हजार ६७५ रुपैयाँ अधिकतम भाडादर कायम गरिएको छ । नेपालगन्जका लागि १३ हजार ९८० रुपैयाँ, तुम्लिङटारका लागि ८ हजार २०५ रुपैयाँ तय गरिएको छ भने सिमराका लागि ४ हजार २४० रुपैयाँ तय भएको छ । सुर्खेतका लागि १४ हजार ९९५ र राजविराजका लागि ८ हजार ७५५ रुपैयाँ कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *