प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर २ गते गर्न सरकारसमक्ष आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति मंसिर २ गते तोक्न सरकारसमक्ष प्रस्ताव गरेको छ । बुधबार निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर २ गते एकै चरणमा गर्न प्रस्ताव गरेको हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ३ को उपदफा १, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपधारा १ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ बमोजिम प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन एकै मितिमा गर्न प्रस्ताव गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले २०७९ साल मंसिर २ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको जानकारी दिए ।

जवाफमा प्रधानमन्त्रीले निर्वाचन अवधि कायम राखेर निर्वाचनको मिति तोक्ने बताउनुभएको थपलियाले बताए । आयोगले निर्वाचनका लागि १२० दिनको अवधि लिने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *