अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन हुने

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भएको छ। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ११ सदस्यीय समिति बनाउने दलहरुबीच सहमति भएको हो ।

११ सदस्यीय समितिमा एमालेबाट ४, कांग्रेसबाट २, माओवादी केन्द्रबाट २, एकीकृत समाजवादीबाट १, जसपाबाट १ र लोसपाबाट १ जना रहने सहमति भएको छ । दलहरुले नाम दिएपछि आजै बस्ने संसद बैठकमा समितिको औपचारिक घोषणा हुने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *