१३ अङ्कले बढ्यो शेयर बजार

काठमाडौं । लगातार दुई दिनसम्म घटेको शेयर बजार बुधबार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से १३ दशमलव ३३ अङ्कले बढेर २ हजार ४३ दशमलव ९२ विन्दुमा पुगेको छ ।

बुधबार बैंक, निर्जीवन बीमा र म्युचल फन्डबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय २८ वटा कम्पनीका ६२ लाख ६३ हजार कित्ता शेयर दुई अर्ब १७ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै गुर्खाज फाइनान्स र लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर साढे ११ करोड रुपैयाँभन्दा धेरैका दरले कारोबार भयो । आज सीवाईसी नेपाल लघुवित्त र लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर १० प्रतिशतले बढेको छ । ङादी ग्रुप पावरको शेयर भने तीन प्रतिशतले घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *