अर्थमन्त्रीको राजीनामा एमालेको बटमलाईनः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाईन भएको बताएका छन् ।

बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने बताएका हुन् । उनले सरकारी डकुमेन्ट गायब बनाएको र सीसीटीभी फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको बताए ।

उनले यस घटनाका विषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने आफूहरुको अर्को माग रहेको उनले बताए । उनले छानविन समिति गठन भएपनि अर्थमन्त्री पदमा बस्न नमिल्ने बताए । त्यसैगरी भट्टराईले सीसीटीभी फुटेजलाई मेटाउने अर्थ मन्त्रालयका अन्य व्यक्तिलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *