बाढी पहिरोमा परी पाकिस्तानमा २५ जनाको मृत्यु

पाकिस्तानमा भीषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट उनीहरुको निधन भएको बताएका छन् । बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन सम्बन्धी विभागका महानिर्देशकले सो कुराको जानकारी दिएका हुन् ।

उनका अनुसार केहीदिन देखिको बर्षाले गर्दा २५ जनाको ज्यान गएको छ भने अरु केही नागरिक बेपत्ता पनि भएका छन् । साथै बाढीले यहाँको स्थानीय बस्तीका विजुली, खानेपानी एवं यातायातका कतिपय संरचनाहरुमा नै क्षति पुर्याएको छ । बाढीले कम्तीमा पनि २०० घर भत्काएको छ भने २ हजार पशु चौपाया मरेका छन् ।

क्वेटा नगरमा बाढीले अझ बढी क्षति पुर्याएको छ । बलुचिस्तान प्रान्तीय सरकारले उद्धारका काममा खट्न सबैलाई आग्रह गरेको छ । यहाँको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मीहरुलाई खटाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *