USAID

मोबाइल अफ गरेर बिदामा बसे अर्थसचिव मरासिनी, जनार्दन शर्मा मन्त्री रहुन्जेल मन्त्रालय नफर्किने

काठमाडौं । अर्थ मन्त्रायका सचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन् ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर व्यापारिक घरानालाई लाभ दिलाएको आरोपमा अर्थमन्त्री जनार्दन शर्मा विवादित बनिरहेकै बेला सचिव मरासिनी बिदामा बसेका हुन् ।

सचिव मरासिनीले बुधबार नै प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी गराइसकेका छन् । मिरासिनीको फोनसमेत अफ छ ।