पीएसजीको नयाँ प्रशिक्षकमा गाल्टिएर नियुक्त

एजेन्सी । फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मन(पीएसजी)ले नयाँ प्रशिक्षकको रुपमा क्रिस्टोफे गाल्टिएरलाई नियुक्त गरेको छ । मंगलबार तत्कालिन प्रशिक्षक माउरिको पोचेन्टिनोलाई बर्खास्त गरेको केहि समयमा नै पीएसजीले गाल्टिएरलाई नयाँ प्रशिक्षकको रुपमा सार्वजनिक गरेको हो ।

गत सिजन टोलीलाई लिग वान जिताएपनि पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएपछि पोचेन्टिनोलाई बर्खास्त गर्ने पीएसजीले निर्णय गरेको हो । २०२०/२१ सिजनमा पीएसजीलाई पछि पार्दै लिललाई घरेलु लिग जिताएका गाल्टिएरलाई च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित पीएसजीले भित्र्याएको हो । गत सिजन उनको प्रशिक्षणमा नाइसले लिगको पाँचौ स्थानमा रहेर सिजनको अन्त्य गरेको थियो भने कोपाको फाइनलमा पुगेको थियो ।

गाल्टिएरको मुख्य लक्ष्य पीएसजीलाई च्याम्पियन्स लिग जिताउने हुनेछ । गाल्टिएर सन् २०१२ पछि पीएसजीमा जोडिने छैटौं प्रशिक्षक बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *